केन्द्रीय कार्यसमिति बैठक बोलाउन कांग्रेस नेताहरूको माग मंगलबार, जेठ १६, २०८०

प्रधानमन्त्रीले ईपीजी प्रतिवेदन कार्यान्वयनमा जोड दिनुपर्छ : एमाले महासचिव पोखरेल मंगलबार, जेठ १६, २०८० नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणका क्रममा ईपीजी प्रतिवेदन कार्यान्वयनमा जोड दिन सुझाव दिएका छन् । नेकपा एमाले सम्पर्क समन्वय समितिद्वारा च्यासलमा प्रधानमन्त्रीको भारत भ्रमण र नेपालको राष्ट्रिय सरोकारका विषयबारे छलफलमा उनले ईपीजी प्रतिवेदनको कार्यान्वयनका निम्ति दबाब सृजना गर्न आवश्यक रहेको बताएका हुन् ।

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको भारत भ्रमण, बजेट र नागरिकता विधेयकबारे छलफल मंगलबार, जेठ १६, २०८० सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीको भोलिदेखि हुने भारत भ्रमणको तयारीलगायतका विषयमा सामान्य छलफल भएको छ ।’

म मरेपछि मलाई सम्झिनु पर्दैन, मेरो सालिक बनाउनु पर्दैन : केपी ओली मंगलबार, जेठ १६, २०८० उनले भने, ‘म मरेपछि मलाई सम्झिनु पर्दैन, मेरो सालिक बनाउनु पर्दैन, मैले थाहा पाउने भए पो हो भन्नलाई किन सम्झिने, किन समय खेर फाल्ने, मूर्ति बनाउनु पर्दैन, सालिक बनाउनु पर्दैन, स्मृति दिवस मनाएर खर्च गर्नु पर्दैन । मेरो त धारणा त्यो हो ।’

प्रधानमन्त्रीको भारत भ्रमणबारे पत्रकारलाई प्रश्न सोध्न रोक मंगलबार, जेठ १६, २०८० प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा अखण्ड भारत नक्सा प्रकरण सार्वजनिक भएको छ । यस विषयमा प्रधानमन्त्रीले भारतीय राजदूतलाई बोलाएर सोध्नुपर्ने र जवाफ चित्त नबुझे भारत भ्रमणसमेत रद्द गर्नुपर्ने आवाज उठिरहेको छ । पत्रकार सम्मेलनमा मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमण ट्रेड र ट्रान्जिट बारे छलफल हुने जानकारी दिए ।

गणतन्त्र र संघीयता जोखिममा : रास्वपा नेता मनिष झा मंगलबार, जेठ १६, २०८० उनले भने, ‘कतिपय मान्यहरू हाम्रो त आउँदै आएन आयोजना भन्नुभएको छ । हामीले जानीजानी हैन रातो किताबमा आएको छ । छुटेको छ । तर, परेको छ ।’

मन्त्रिपरिषद् बैठक बस्दै मंगलबार, जेठ १६, २०८० बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणलगायत विषयमा छलफल हुने बताइएको छ ।

दरबार हत्याकाण्डको अनुसन्धान गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता मंगलबार, जेठ १६, २०८० २०४६ सालको जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरण बारेमा खोजीनीति गर्ने प्रतिवद्धता पनि प्रधानमन्त्री दाहालले गरे ।

गणतन्त्र दिवसमा राप्रपाको उद्घोष : २०८४ सम्म राजसंस्था फर्किन्छ मंगलबार, जेठ १६, २०८० राप्रपा कास्कीले राजसंस्था चाँडै फर्कने उद्घोष गरेको छ । २०८४ सम्म राजतन्त्र नेपालमा फर्किने पार्टीले दाबी समेत गरेको छ ।

राजनीतिक निकासका लागि चौधरीको रिहाइ : मन्त्री लिम्बू मंगलबार, जेठ १६, २०८० युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले देशलाई राजनीतिक निकास दिन रेशम चौधरीलाई रिहाइ गरिएको बताएका छन् ।

प्रधानन्यायाधीश नियुक्त प्रक्रिया अगाडि बढाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षको आग्रह मंगलबार, जेठ १६, २०८० सभामुख देवराज घिमिरेले र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियालाई अगाडि बढाउन संसदीय सुनुवाइ समितिलाई आग्रह गरेका छन् ।

प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान मंगलबार, जेठ १६, २०८० कार्कीमाथि लिखित रूपमा पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिने छ । उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राखिनेछ भने नाम बिना आएका उजुरीलाई भने प्राथमिकता नदिनेबारे समितिमा छलफल भएको छ ।

‘अखण्ड भारत’को भित्तेचित्रले कूटनीतिक सम्बन्ध बिगार्छ : पूर्वप्रधानमन्त्री भट्टराई मंगलबार, जेठ १६, २०८० पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ संसद् भवनमा राखिएको नक्साले नेपाललगायतका छिमेकी मुलुकसँगको सम्बन्ध बिगार्ने बताएका छन् ।









