यस्तो छ आज र भोलिको मौसम पूर्वानुमानशुक्रबार, पुस ६, २०८०
-(10)-1703150332.jpg)
भूपू आर्मीसँग बिहे गराइदिने प्रलोभनमा पारी महिलाको हत्या गर्ने दुई जना ६ वर्षपछि पक्राउ बिहीबार, पुस ५, २०८० लुटपाटपछि हत्या गरेर फरार भएका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । अर्घाखाँची ३७ वर्षे जगत विश्वकर्मा र धादिङका ४६ वर्षे शिवराम अधिकारीलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

काठमाडौंको तापक्रम निरन्तर घट्दो, चिसो अझ बढ्ने बिहीबार, पुस ५, २०८० काठमाडौं उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ ।काठमाडौंमा बिहीबार यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।

काठमाडौंको तापक्रम यो वर्ष अहिलेसम्मकै कम बिहीबार, पुस ५, २०८० 'यो वर्षका लागि आजको तापक्रम अहिलेसम्मकै न्यून हो । पौने ९ बजे यो भन्दा पनि तापक्रम घट्न सक्छ,' मौसमविद् सञ्जीव अधिकारीले भने । काठमाडौंको तापक्रम दिउँसो १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहनेछ । हिजो बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियस थियो ।

आजको मौसम : आंशिक बदलीदेखि सामान्यतया सफा मंगलबार, पुस ३, २०८० जल तथा मौसम विज्ञान विभागका अनुसार आज मौसम आंशिक बदलीदेखि सफा रहनेछ । बिहान पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

बोका चोरेको आरोपमा २ जना पक्राउ सोमबार, पुस २, २०८० गत मंसिर १५ गते राति रेसुङ्गा नगरपालिका- ५ बर्दबासकी विष्णुकुमारी जोगी कुँवरको खोरबाटै बोका चोरी भएको थियो । त्यसपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् ।

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, चिसोबाट बच्न सतर्क रहन आग्रह सोमबार, पुस २, २०८० हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु आइतबार, पुस १, २०८० बडिमालिका नगरपालिकाको खडिगाडमा ट्रयाक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । सदरमुकाम मार्तडीबाट गौमुलतिर जाँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा तीनजनाको मृत्यु भएको हो । ट्रयाक्टर चालकको उद्धार भइरहेको स्थानीयले बताएका छन् ।

रुसी सेनामा कार्यरत अर्का नेपाली युवाले ज्यान गुमाए आइतबार, पुस १, २०८० रुसी सेनामा अर्का नेपाली युवाले ज्यान गुमाएका छन् । कैलालीको टीकापुर नगरपालिका- १ का ३६ वर्षीय भरत शाहको युक्रेनी सेनासँगको भिडन्तका क्रममा ज्यान गएको हो।युक्रेनी सेनासँगको भिडन्तका क्रममा घाइते भएका उनको उपचार अभावमा मृत्यु भएको जानकारी युद्ध मैदानबाट उनका साथी रोशन थापाले परिवारलाई दिएका हुन्।

प्रहरीले बरामद गर्यो २५ सय किलो प्याज शनिबार, मंसिर ३०, २०८० गएराति प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले प्र.२-०४-००१ च ००८४ नं को पिकअप गाडीलाई रोकी जाँच गर्दा बिल बिजक भन्दा बढी लोड गरेको २५ सय किलो प्याज बरामद गरेको हो । बरामद प्याजको मूल्य १ लाख २५ हजार रुपैयाँ अनुमान गरिएको छ ।

प्रहरीले चलाएको गोली लागेर युवकको मृत्यु भएको घटनाको विरोधमा पूर्व-पश्चिम राजमार्ग बन्द शनिबार, मंसिर ३०, २०८० बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरीले चलाएको गोली लागेर युवकको मृत्यु भएको विषयलाई लिएर पूर्वपश्चिम राजमार्गको निजगढ खण्ड बन्द गरिएको छ । शिक्षक कर्मचारीहरूले आफ्नो तलब माग गर्दै हडतालका क्रममा बुधबार प्रहरीको गोली लागि सिम्रौनगढ नगरपालिका- १ का २५ वर्षका लक्ष्मी मुखियाको मृत्यु भएको थियो ।

एक्ला ज्येष्ठ नागरिकको साथी बन्दै 'बुवा केयर' शनिबार, मंसिर ३०, २०८० झट्ट सुन्दा बाबुको मात्रै सेवा गर्ने संस्था हो कि भनेजस्तो लाग्ने ‘बुवा केयर’ नाम राखिएको संस्थाले सबै ज्येष्ठ नागरिकको सेवा गर्छ। यो संस्थाले ज्येष्ठ नागरिकको स्वास्थ्यको नियमित हेरचाह गर्छ, उनीहरूलाई उमेर अनुसारको मनोरञ्जन पनि गराउँछ र एक्लो छु भन्ने भयबाट मुक्त गराउने प्रयास गरिरहन्छ भन्छन् ‘बुवा केयर’ का सञ्चालक मध्येका...

अकासियो हरियो तरकारीको भाउ, एकैदिन कुरिलोमा चारसय रुपैयाँ बढ्यो शनिबार, मंसिर ३०, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि हरियो तरकारीको मूल्य सार्वजनिक गरेको छ । शनिबार प्रतिकेजी ४०० रुपैयाँले मूल्य बढेर कुरिलो एकैदिन १२०० रुपैयाँ पुगेको छ । सोही कुरिलोको मूल्य समितिले हिजो प्रतिकेजी ८०० रुपैयाँ तोकेको थियो ।