देशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातमंगलबार, मंसिर २६, २०८०

मौसम पूर्वानुमानः यी तीन प्रदेशमा हिमपातको सम्भावना सोमबार, मंसिर २५, २०८० हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमार्फत अद्यावधिक गरेको छ ।

कारको ठक्करबाट स्कुटरमा सवार दुई युवतीको मृत्यु सोमबार, मंसिर २५, २०८० ठक्करबाट गम्भीर घाइते दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

भरुवा बन्दुकको छर्रा लागेर मृत्यु आइतबार, मंसिर २४, २०८० फापर खान बारीमा आएका दुम्सीलाई मार्न जाने क्रममा चिप्लिएर लडी आफैँले बोकेको बन्दुक पड्केर छर्रा लागेको थियो । गएराति छर्रा लागेर घाइते भएका सारुको रामपुर अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

परस्त्रीसँग होटलमा भेटिए एमालेबाट निर्वाचित वडाध्यक्ष आइतबार, मंसिर २४, २०८० प्रहरीका अनुसार धरान १२ चतरालाइनस्थित शुभकामना होटलको कोठाभित्र उनीहरू अर्धनग्न अवस्थामा थिए । वडाध्यक्ष गौतमले महिलालाई लिएर होटल गएको थाहा पाएपछि श्रीमान् प्रहरी लिएर होटल पुगेका थिए ।

सामूहिक भोज खाएका एकको मृत्यु, २९ बिरामी आइतबार, मंसिर २४, २०८० लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएको छ भने २९ जना बिरामी भएका छन् । बेँसीसहर नगरपालिका– ४ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिए।

अर्घाखाँचीमा गिटी बोकेको ट्रक दुर्घटना, चालक र सहचालकको मृत्यु आइतबार, मंसिर २४, २०८० अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी ट्रक चालक नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए ।

दुर्घटनामा लेखापाल र शिक्षकको मृत्यु, अर्का शिक्षक घाइते आइतबार, मंसिर २४, २०८० चितवनको माडीमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको गाडीले बागमती प्रदेश ०६ ००१ प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

फुङ्लिङमा आगलागी, पाँच लाख बराबरको क्षति शनिबार, मंसिर २३, २०८० सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले राससलाई जानकारी दिए ।

आज पानी पर्ने सम्भावना छ ? शनिबार, मंसिर २३, २०८० अहिले लागेको बादल र हुस्सु/कुहिरो विस्तारै हट्दै जाने मौसमविद्को पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले अहिलेको अवस्था क्रमिक रुपमा सुधार हुँदै जाने र घाम लाग्ने बताए ।मौसमविद् पुडासैनीका अनुसार आज पानी पर्ने सम्भावना छैन । आजदेखि तीन दिनसम्म कोशी र गण्डकी प्रदेशका...

ठगी आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ शनिबार, मंसिर २३, २०८० पक्राउ पर्नेमा पोखरा महानगरपालिका-६ का वडा सदस्य ४२ वर्षीय दिपेन्द्र पहारी, लेकसाइड बैदामका ४१ वर्षीय विकास पहारी, बैदाम कै २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल छन् ।

५० किलो चामलको लागि नागरिकता बन्धकी, ६ वर्षसम्म साहुकहाँ काम गरेपनि ऋण चुक्ता भएन शुक्रबार, मंसिर २२, २०८० साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ ? यसको जवाफ हुन्छ, गरहना, जेबर, जग्गा जमिन वा अन्य चल/अचल सम्पत्ति । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटैलका विपन्न हरवाचरवा दलित परिवारलाई साहु कहाँ बन्धकीमा आफ्नो नागरिकता राख्नुपरेको छ ।

सुक्यो नागदह, हराए नाग शुक्रबार, मंसिर २२, २०८० रामेछापको लिखु तामाकोसी गाउँपालिका–५ को नागदह जसको कारण गाउँको नाम नै नागदह बन्यो तर अहिले त्यही नागदह सङ्कटमा परेको छ । गाउँकोबीचमा रहेको नागदह सुक्दै गएको छ । गाउँको नाम नागदह छ तर अब न पानीको दह जम्छ, न पोखरीमा नाग नै छन् । जिल्लाको ऐतिहासिक पोखरी नागदह सुक्दै गएको...