News Griha :: न्यूजगृह
पाथीभरा माताको दर्शन गरी राशिफल हेर्नुस्
पाथीभरा माताको दर्शन गरी राशिफल हेर्नुस् भदौ २१ गते बिहीबार । भदौ कृष्ण अष्टमी तिथि । पञ्चाङ्ग वज्र कौलव रोहिणी । राशिफल ।
महेन्द्र यादवमाथि आक्रमणकाे मुख्यमन्त्री पाण्डेद्वारा भर्त्सना
महेन्द्र यादवमाथि आक्रमणकाे मुख्यमन्त्री पाण्डेद्वारा भर्त्सना गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको आक्रमणको भर्त्सना गरेका छन् ।
कञ्चनपुरको बडुवालका स्थानीय हात्ती भगाउन रातभर जाग्राम
कञ्चनपुरको बडुवालका स्थानीय हात्ती भगाउन रातभर जाग्राम कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका स्थानीय हात्ती भगाउन रातभर जाग्राम बस्ने गरेका छन् । 
कोशीको भङ्गालोमा मृत भेटिए डाक्टर
कोशीको भङ्गालोमा मृत भेटिए डाक्टर सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कोशीको भङ्गालोमा १० दिनदेखि बेपत्ता भएका डाक्टर प्रज्वल कोइराला बुधबार मृत फेला परेका छन् ।
रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित २ महिलाको मृत्यु
रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित २ महिलाको मृत्यु सुत्केरी २२ वर्षीया विष्टलाई मंगलबार दिउँसो बारीमा गाईवस्तुलाई घाँस काट्ने क्रम सर्पले टोकेको थियो । सोही दिन राति विष्टले छोरीलाई जन्म दिएकी थिइन् तर सुत्केरी आमाको रक्तश्राव नरोकिएपछि उपचारका लागि चौरजहारी अस्पताल लगिएको थियो । 
नेपाल र अमेरिकी सेनाले संयुक्त अभ्यास गर्दै 
नेपाल र अमेरिकी सेनाले संयुक्त अभ्यास गर्दै  नेपाली सेना र संयुक्तराज्य अमेरिकाको सेनाबीच नियमितरुपमा सञ्चालन हुँदै आएको ‘ज्वाइन्ट कम्बाइन्ड एक्सचेञ्ज ट्रेनिङ’को ४० औं संस्करण यही भदौ २४ गतेदेखि सुरु हुने भएको छ ।
पूर्वमन्त्री यादवलाई खुकुरी हान्ने श्याम सापकोटा राजावादी, आक्रमणपछि लगाएका थिए राजतन्त्रको पक्षमा नारा
पूर्वमन्त्री यादवलाई खुकुरी हान्ने श्याम सापकोटा राजावादी, आक्रमणपछि लगाएका थिए राजतन्त्रको पक्षमा नारा आफूलाई अभियन्ताको रुपमा चिनाउने उनी राजावादी भएको प्रहरीले जनाएको छ । रिपोटर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रम सकेर फर्किने क्रममा कांग्रेस सहमहामन्त्री यादवमाथि नुवाकोटको विदुर नगरपालिका-७ घर भएका ४७ वर्षीय श्याम सापकोटाले सांघातिक आक्रमण गरेका थिए । खुकुरी प्रहारबाट यादवको टाउकोमा चोट लागेको छ । 
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी हान्ने श्याम सापकोटा को हुन्? 
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी हान्ने श्याम सापकोटा को हुन्?  पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोटर्स क्लबमा आयोजित कार्यक्रमबाट बाहिरिएपछि खुकुरी प्रहार भयो । उनको टाउकोमा चोट लागेको छ । यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका-७ बस्ने ४७ वर्षीय श्याम सापकोटा छन् ।
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ । भृकुटीमण्डपस्थित रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो ।  खुकुरी हानेको आरोपमा एक जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । 
देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो [तस्बिरसहित]
देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो [तस्बिरसहित] यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको घुइँचो लागेको छ ।  त्यस्तै, बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालय परिसरमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । मुख्य तीर्थस्थल पशुपति क्षेत्रमा रहेका कृष्णमन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । वसन्तपुर दरबार क्षेत्रमा रहेको कृष्णमन्दिरमा...
अध्यागमनका तत्कालीन महानिर्देशक अधिकारीसँग सीआईबीले लियो बयान
अध्यागमनका तत्कालीन महानिर्देशक अधिकारीसँग सीआईबीले लियो बयान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको तस्करीको ६० किलो सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) सहसचिव झलकराम अधिकारीसँग बयान लिएको छ । सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो । भदौ ७ मा विभागबाट गृह मन्त्रालयमा तानिएका अधिकारीलाई अहिले सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त...
खोलामा करेन्ट लगाएर माछा मार्ने दुईजना पक्राउ
खोलामा करेन्ट लगाएर माछा मार्ने दुईजना पक्राउ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार करेन्ट लगाएर माछा मार्दै गरेका अवस्थामा अस्थायी प्रहरी चौकी छेवेटारको टोलीले दुवैजनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट करेन्ट प्रवाह गरी माछा मार्न प्रयोग गरेको ब्याट्री, फुर्लुङ्ग र माछा थाप्न प्रयोग गरिएको जालसमेत बरामद गरिएको छ । 
Weather Update