व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु : अर्थमन्त्री महतशनिबार, जेठ ६, २०८०

नीति तथा कार्यक्रममा हामीले उठाएका विषय समेटिएका छन् : महासङ्घ शनिबार, जेठ ६, २०८० महासङ्घले अहिलेको आर्थिक अवस्था, अर्थतन्त्रको समग्र मागमा आएको ह्रास, तरलताको सङ्कुचन, उच्च ब्याजदर, मूल्य वृद्धि, न्यून पुँजीगत खर्च, घट्दो राजस्व परिचालन तथा बाह्य क्षेत्र सन्तुलनमा परेको चापलाई सम्बोधन गरिने विषय समावेश गरिएकामा प्रसन्नता व्यक्त गरेको हो ।

नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनमा चेम्बरको जोड शनिबार, जेठ ६, २०८० चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हालको आर्थिक मन्दी र लगानीमा देखिएको सङ्कुचनलाई नीति तथा कार्यक्रमले पर्याप्त मात्रामा समावेश गर्न सकेको छैन, आर्थिक स्थायित्व कायम गर्ने गरी आगामी बजेट आउन आवश्यक छ ।’

यस्तो छ शनिबार, विदेशी मुद्राको विनिमय दर शनिबार, जेठ ६, २०८० नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

सरकारको नीति तथा कार्यक्रमले व्यावसायीहरू उत्साहित शुक्रबार, जेठ ५, २०८० सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई विशेष महत्त्व दिएर प्रवर्द्धनका विभिन्न कार्यक्रम घोषणा गरेको छ ।

नीति तथा कार्यक्रम ज्यान भएको, जीवन नभएकोजस्तो : योगेश भट्टराई शुक्रबार, जेठ ५, २०८० प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा मुलुकको समस्या समाधानको कुनै ठोस प्रस्ताव नभएको बताएका छन् । शुक्रबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

नीति तथा कार्यक्रमले मुलुकको वर्तमान आवश्यकतालाई सम्बोधन गर्छ : अर्थमन्त्री महत शुक्रबार, जेठ ५, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आवश्यकतालाई सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको दाबी गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रमलाई कुन दलका नेताले के भने ? शुक्रबार, जेठ ५, २०८० जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नीति कार्यक्रम कर्णप्रियसहित सबै राम्रा कुरा मात्र समेटिएको प्रतिक्रिया दिए । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नीति कार्यक्रम लामो निबन्ध र दन्त्यकथा जस्तो देखिएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले नीति कार्यक्रमले आजको आर्थिक जटिलतालाई सम्बोधन नगरेको बताए ।

प्रमुख प्रतिपक्ष एमालेले भन्यो– नीति तथा कार्यक्रम कर्मकाण्डी दस्तावेज शुक्रबार, जेठ ५, २०८० सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले कर्मकाण्डी दस्तावेज भएको प्रतिक्रिया दिएको छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ शुक्रबार, जेठ ५, २०८० सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

नीति तथा कार्यक्रम : सरकारको प्राथमिकतामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार, जेठ ५, २०८० सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ ।
नीति तथा कार्यक्रम : खस्कँदो अर्थतन्त्र उकास्न सरकारको जोड शुक्रबार, जेठ ५, २०८० अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्दै आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै क्रमशः अर्थतन्त्र सुधार गर्दै जाने लक्ष्य सरकारको रहेको बताए ।

कर प्रणालीमा पुनरावलोकन गर्ने सरकारको घोषणा शुक्रबार, जेठ ५, २०८० सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने बताएको छ ।









