News Griha :: न्यूजगृह
कोरियाबाट फर्किएर रेग्मीले तनहुँमा गरेको कागती खेतीमा हावाहुरीले पुर्‍यायो क्षति
कोरियाबाट फर्किएर रेग्मीले तनहुँमा गरेको कागती खेतीमा हावाहुरीले पुर्‍यायो क्षति हावाहुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका–१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा क्षति पुर्‍याएको छ । स्थानीय राजु रेग्मीले व्यावसायिकरूपमा सुरु गरको कागती खेतीमा हावाहुरीले क्षति पुर्‍याएको हो ।
बढी मूल्यमा पेट्रोल बिक्री गर्ने आयल स्टोर्सलाई दुई लाख जरिवाना
बढी मूल्यमा पेट्रोल बिक्री गर्ने आयल स्टोर्सलाई दुई लाख जरिवाना कृत्रिम अभाव सिर्जना गरेको र बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको भन्दै रामेछापको मन्थलीस्थित लक्ष्मी आलय स्टोर्सलाई जिल्ला प्रशासन कार्यालय रामेछापले दुई लाख रुपैयाँ जरिवाना गरेको छ  ।
प्रतिनिधि सभा बैठकमा आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुने 
प्रतिनिधि सभा बैठकमा आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुने  अहिलेसम्म प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलसहित शीर्षस्थ नेताहरूले सम्बोधन गरिसकेका छन् । नीति तथा कार्यक्रमको प्रतिपक्षले आलोचना गरेको छ भने सत्तापक्षले बचाउ गरेको छ ।
अर्थमन्त्री महत र एमसीसीका उपाध्यक्ष ब्रुक्स टोलीबीच भेटवार्ता
अर्थमन्त्री महत र एमसीसीका उपाध्यक्ष ब्रुक्स टोलीबीच भेटवार्ता अर्थमन्त्री डा.प्रकाशशरण महतसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को एशिया, यूरोप, प्यासिफिक र ल्याटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सले नेतृत्व गरेको एक टोलीले भेटवार्ता गरेको छ ।
नेप्से परिसूचक ८.१० अङ्कले वृद्धि
नेप्से परिसूचक ८.१० अङ्कले वृद्धि नेप्से परिसूचक बढेसँगै सोमबार एक कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
विद्युत् निर्यातका लागि बजार सुनिश्चित हुँदै गएको छ : घिसिङ
विद्युत् निर्यातका लागि बजार सुनिश्चित हुँदै गएको छ : घिसिङ तामाकोशी पाँचौँ जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषसँगको लगानी सम्झौता गर्ने क्रममा उनले भारत र बङ्गलादेश नेपालमा उत्पादित विद्युत् किन्नका लागि आतुर रहेको बताए । घिसिङले ती देशमा विद्युत् बिक्री गर्दा वर्षायामको विद्युत्ले राम्रो दर पाउने उल्लेख गरे । 
भारतीय २ हजारको नोट प्रतिबन्ध लगाउँदा नेपालमा कस्तो असर पर्छ ?
भारतीय २ हजारको नोट प्रतिबन्ध लगाउँदा नेपालमा कस्तो असर पर्छ ? भारतीय रिजर्ब बैंकले २ हजार रुपैयाँ भारु नोट बन्द गर्ने घोषणा गरेसँगै नेपाली बजार पनि तातेको छ । यसअघि २०१६ मा भारतले नोटबन्दी गर्दा सटहीमा समस्या खेप्नुपरेको नेपालीहरूका लागि योपटक पनि समस्या हुनसक्ने बजार आकलन छ । 
सुनको मूल्य स्थिर, चाँदी १० रुपैयाँले घट्यो 
सुनको मूल्य स्थिर, चाँदी १० रुपैयाँले घट्यो  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य स्थिर नै रहेर छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मार्सी धान रोप्न जुम्लाका किसानलाई भ्याइनभ्याइ
मार्सी धान रोप्न जुम्लाका किसानलाई भ्याइनभ्याइ जुम्लामा मात्र उत्पादन हुने मार्सीधान रोप्न यतिबेला किसानलाई भ्याइनभ्याइ छ । जिल्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलो विश्वकै उच्च स्थानमा उत्पादन हुने मार्सीधानको पर्यटकीय प्रवर्द्धन गर्नका लागि धान रोपाइँ महोत्सव समेत आयोजना गरिएको छ ।
बक्यौता नतिर्ने २७० ग्राहक विद्युत् प्राधिकरणको कालोसूचीमा
बक्यौता नतिर्ने २७० ग्राहक विद्युत् प्राधिकरणको कालोसूचीमा नेपाल विद्युत् प्राधिकरण बितरण केन्द्र भरतपुरले विगत लामो समयदेखि बक्यौता रकम नतिरेका दुई सय ७० ग्राहकलाई कालोसूचीमा राखेको छ ।
सोमबार फलफूल र तरकारीको मूल्य कति ?
सोमबार फलफूल र तरकारीको मूल्य कति ? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
Weather Update