दलाल पुँजीवादका कारण अर्थतन्त्रमा समस्या भयो : माधव नेपालआइतबार, साउन १४, २०८०

प्रधानमन्त्रीको दाबी : गठबन्धन टुटाउने प्रयास भइरहेको छ आइतबार, साउन १४, २०८० आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकार भ्रष्टाचार व्यथिति र विसंगतिविरुद्ध खरो उत्रिएपछि गठबन्धन भत्काउने प्रयास भइरहेको दाबी गरेका हुन् ।

भ्रष्टाचार विरोधी कदमले जनतामा नयाँ रक्त सञ्चार पैदा भयो : प्रधानमन्त्री दाहाल आइतबार, साउन १४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्त सञ्चार पैदा भएको बताएका छन् ।

बजेट पेश भएपछि कमा पनि फेर्न पाइँदैन, अनि टुलुटुलु हेरेर बस्नुबाहेक के गर्नु : मन्त्री किराती आइतबार, साउन १४, २०८० ‘बुद्ध जयन्तीको अवसर पारेर मैले लुम्बिनीमा सात दिनको लागि फ्रि भिसा लागू गरौँ भनेर क्याविनेटमा लगेँ, प्रधानमन्त्री पनि सकारात्मक हुनु भयो, तर फेल भयो,’

प्रधानमन्त्रीलाई भेट्न पुगे केपी ओली, संवैधानिक परिषद्को बैठकबारे असन्तुष्टि आइतबार, साउन १४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ । उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरे पार्टीको कारबाही हुन्छ : नेता सिंह आइतबार, साउन १४, २०८० नेपाली कांग्रेस चितवनले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले आरोप लाग्दैमा पार्टीले कारबाही गरिहाल्नु पर्छ भन्ने नरहेको स्पष्ट पारे ।

कृषि क्षेत्रलाई कानुनअनुसार व्यवस्थित बनाउन कृषि ऐन आउँछ : मन्त्री भुसाल आइतबार, साउन १४, २०८० कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.वेदुराम भुसालले कृषि क्षेत्रलाई कानुनअनुसार व्यवस्थित बनाउन सरकारले कृषि ऐन, २०८० ल्याउन लागेको बताएका छन् ।आइतबार काठमाडौंमा भएको एकीकृत कृषि ऐनको आवश्यकताबारे छलफल कार्यक्रममा बोल्दै मन्त्री भुसालले कृषि ऐन ल्याउन लागेको बताएका हुन् । उनले मन्त्रालयले कृषि ऐन, २०८० को मस्यौदा तयार पारेकाले सरोकारवालाको...

संसदका चार समितिको बैठक बस्दै, यी विषयमा छलफल हुने आइतबार, साउन १४, २०८० प्रतिनिधिसभा र राष्ट्रियसभाका चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ । संसद सचिवालयको कार्यालय सिंहदरबारमा समितिका बैठकहरू बस्ने सचिवालयले जनाएको हो ।

समाजवादी विद्यार्थी मोर्चा घोषणा गरिँदै आइतबार, साउन १४, २०८० सत्तारुढ राजनीतिक दलहरू (समाजवादी मोर्चा) निकट विद्यार्थी संगठनहरूले आज विद्यार्थी मोर्चा घोषणा गर्ने भएका छन् ।

कोशी प्रदेश सरकार गठनमा बहुमत जुटाउँदै सत्तारुढ प्रमुख दल आइतबार, साउन १४, २०८० कोशी प्रदेश सभामा एमाले ४० कांग्रेस २९, माओवादी केन्द्र सभामुखसहित १३, राप्रपा ६ नेकपा एकीकृत समाजवादी (नेकपा एस) ४ र जनता समाजवादी पार्टी (जसपा) १ गरी ९३ सदस्य छन् । सरकार गठनका लागि बहुमत पुर्याउन ४७ सांसदको समर्थन आवश्यक पर्छ । सभामुखसहित गठबन्धनमा ४७ सांसद छन् ।

कांग्रेस महामन्त्री शर्माले देखाइदिए एमाले युवा नेताहरूको हैसियत ! आइतबार, साउन १४, २०८० सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद विश्वप्रकाश शर्माले पार्टीमा एमाले युवा नेताहरूको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि नभएको टिप्पणी गरेका छन् ।

बाबुराम भन्छन्— कोशीमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प, सत्तालिप्साले गणतन्त्र कमजोर बन्छ आइतबार, साउन १४, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प हुने सुझाव दिएका छन् ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै आइतबार, साउन १४, २०८० सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठककले यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नेछ ।









