News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची  
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची   प्रतिनिधि सभाको बैठक सोमबार बस्दै छ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
राप्रपाको केन्द्रीय समिति बैठक बस्दै, लिङ्देनले राजनीतिक प्रतिवेदन पेस गर्ने
राप्रपाको केन्द्रीय समिति बैठक बस्दै, लिङ्देनले राजनीतिक प्रतिवेदन पेस गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सोमबारदेखि ३ जेठसम्म केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौंको धूम्रबाराहीमा बस्दै छ । बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका विषमा छलफल गरिने नेता राजाराम श्रेष्ठले बताए ।
प्रधानमन्त्रीले ४ जेठमा संसद्मा प्रश्नोत्तर गर्ने तयारी
प्रधानमन्त्रीले ४ जेठमा संसद्मा प्रश्नोत्तर गर्ने तयारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ४ जेठमा प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर गर्ने तयारी गरिएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको हो ।
सुनुवाइ समिति : कांग्रेसले सभापति पाउने, एसको उपस्थिति नहुने
सुनुवाइ समिति : कांग्रेसले सभापति पाउने, एसको उपस्थिति नहुने संसद्को संसदीय सुनुवाइ समितिको सभापति प्रमुख दल नेपाली कांग्रेसले पाउने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले समितिको सभापति कांग्रेसलाई दिने सहमति गरेको हो ।
संसदीय गतिविधि हेर्न नेम्वाङ, पाण्डे र लेखकलाई जिम्मेवारी
संसदीय गतिविधि हेर्न नेम्वाङ, पाण्डे र लेखकलाई जिम्मेवारी आइतबार बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले नेकपा एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई जिम्मेवारी तोेकेको हो ।
संसद्मा रघुजीको ‘रौनक’
संसद्मा रघुजीको ‘रौनक’ कुनैबेला अध्यक्ष केपी शर्मा ओलीको कटु आलोचक रघुजी पन्त अहिले एमालेको ‘विशेष’ भूमिकामा छन् । ‘नेकपा काल’मा ओलीको राजीनामा माग गर्न पछि नपरेका पन्त अहिले एमालेको प्रतिरक्षामा अघि सर्छन् ।  
तीतो सत्य ओकल्ने ‘अराजक’ बालेन
तीतो सत्य ओकल्ने ‘अराजक’ बालेन आफूलाई मनमा लागेको कुरा कडा रूपमा सामाजिक सञ्जालमार्फत भन्दै आएका बालेनले अब कुन विषयमा कसरी धारणा राख्छन् ? भन्ने कुरा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको लागि पर्खाइको विषय बनेको छ । 
प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा के कुरा भयो ?
प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा के कुरा भयो ? प्रधानमन्त्रीको आह्वानमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकबीचको छलफल सकिएको छ ।
अझै पक्राउ परेनन् टोपबहादुर, अनुसन्धानमा खुट्टा नकमाउन सरकारमाथि चौतर्फी दबाब
अझै पक्राउ परेनन् टोपबहादुर, अनुसन्धानमा खुट्टा नकमाउन सरकारमाथि चौतर्फी दबाब रायमाझीको खोजीको लागि प्रहरीको विशेष टोली परिचालन भइसकेको छ । नेपालमा मात्रै नभएर रायमाझीको भारतमा समेत प्रहरी टोलीले खोजी गरिरहेको छ । रायमाझीको बचाउमा उत्रेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्ततः अनुसन्धान प्रक्रियामा असहयोग गरेको बहानामा सचिव पदबाट निलम्बन गरेका हुन् । 
प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटघाट
प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटघाट प्रमुख तीन दलका शीर्ष नेताबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको छ । छलफलमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली सहभागी रहेका छन् ।
भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन : मुख्यमन्त्री चौधरी
भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन : मुख्यमन्त्री चौधरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको बताएका छन् । 
Weather Update