रौतटहमा गोली चल्यो, मनिट्रान्सफर सञ्चालक घाइतेशुक्रबार, चैत २, २०८०

१९ वर्षीया युवतीको शव पशुपतिको जंगलमा झुण्डिएको अवस्थामा भेटियो शुक्रबार, चैत २, २०८० पशुपति क्षेत्रको जंगलमा १९ वर्षीया युवतीको शव भेटिएको छ।पशुपति क्षेत्रको गोरखनाथ मन्दिर नजिकैको जंगलमा सिन्धुलीको कमलामाई नगरपालिका–१ घर भई हाल कपनमा बस्दै आएकी युवतीको शव भेटिएको प्रहरीले जनाएको छ। प्रहरी परिसर काठमाडौंका अनुसार उक्त शव १९ वर्षीया सुस्मिता थापाको हो।

सिन्धुलीको दुम्जाडाँडामा बम विस्फोट, जनमुक्ति सेनाको पर्चा भेटियो शुक्रबार, चैत २, २०८० सिन्धुलीको सुनकोशी गाउँपालिका– १ दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावर परिसरमा बम विस्फोट भएको छ। शुक्रबार बिहान करिब ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा प्रेसर कुकर बम विस्फोट भएको हो।

कस्तो छ तपाईंको आजको दैनिकी? हेर्नुहोस् राशिफल शुक्रबार, चैत २, २०८० आज मिति २०८० चैत २ गते शुक्रबार। तदअनुसार १५ मार्च २०२४। तपाईंको दैनिकी कसरी बित्नेछ हेर्नुहोस् आजको राशिफल:

मोबाइल खोसेर भाग्ने गिरोह पक्राउ बिहीबार, चैत १, २०८० गत माघ २९ गते रूपन्देहीको मायादेवी गाउँपालिका–३ बरेवा बस्ने १९ वर्षीय राजु भरलाई मोटरसाइकलमा आएका दुई युवाले अति आवश्यक परेको भन्दै मोबाइल प्रयोग गर्न दिन आग्रह गरेपछि उनले आफ्नो मोबाइल दिए। मोबाइल पाउने बित्तिकै ती युवा मोटरसाइकल कुदाएर भागे।राजु तत्काल नजिकैको प्रहरीलाई मोटरसाइकलको विवरण र ती युवाको हुलियासमेत आफूलाई...

सन्दीपविरुद्धको बलात्कार मुद्दामा सरकारी वकिल पनि उच्च अदालतमा बिहीबार, चैत १, २०८० क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसला बदर हुनुपर्ने मागसहित सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते पीडित ‘गौशाला २६’ बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्तिस्वरूप पाँच लाख रुपैयाँ भराउने...

रूखको हाँगाले लागेर मोटरसाइकलमा सवार महिलाको मृत्यु बिहीबार, चैत १, २०८० धनकुटा बजारबाट हिलेतिर प्रदेश १-०२-०४९ प ६०४० नम्बरको मोटरसाइकलमा गइरहेका दम्पती दुर्घटनामा परेका हुन्। सडक मास्तिरबाट रुखको हाँगा भाँच्चिएर खसेको थियो। हाँगाले मोटरसाइकल पछाडि बसेकी तामाङलाई लागेको थियो।

लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च रिट बिहीबार, चैत १, २०८० लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। कानुन बमोजिम योग्य व्यक्तिहरू लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न परमादेश माग गर्दै अधिवक्ता अनु भट्टराईले रिट दायर गरेकी हुन्।विभिन्न अध्ययनबाट नेपालको सहरी क्षेत्रमा ठूलो सङ्ख्यामा यसको अभ्याससमेत रहेको देखिन आउँदा यसबाट उत्पन्न...

रुसी सेनामा भर्ना भएका थप ७ नेपालीको मृत्यु बिहीबार, चैत १, २०८० रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीले ज्यान गुमाएका छन्। परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु भएको जनाएको छ। रुसी सेनामा भर्ना भएकामध्ये १२ जना नेपालीको यसअघि नै मृत्यु भएको थियो। सरकारले औपचारिक रुपमा प्राप्त गरेको जानकारीअनुसार रुसी सेनामा...

बचत रकम फिर्ता माग्दै सहकारी पीडित सडकमा बिहीबार, चैत १, २०८० सहकारीका बचतकर्ता संरक्षण राष्ट्रिय महासङ्घले संस्थाहरूमा गरेका बचत रकम फिर्ता पाउनुपर्ने माग गर्दै दबाबमूलक सभा कार्यक्रम गरेको छ। देशभरका लाखौं बचतकर्ताले सहकारीमा राखेको पैसा फिर्ता नपाएको भन्दै बिहीबार काठमाडौंमा प्रदर्शनसहित सभा गरिएको हो। प्रदर्शनमा निस्केकाहरू कालिमाटी, गोंगवु, शंखपार्क र जावलाखेलबाट भृकुटीमण्डप आए। उनीहरूले बचतकर्ताको पैसा हिनामिना गर्ने सहकारी सञ्चालकलाई कारबाहीको...

नक्कली सुन धितो राखेर नेपाल बैंकबाट ४ करोड ऋण लिने व्यक्ति पक्राउ बिहीबार, चैत १, २०८० सप्तरीको कञ्चनरूप नगरपालिका– ८ घर भई काठमाडौंको बौद्ध बस्ने ४१ वर्षीय टोकनाथ साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धस्थित हायात होटलबाट पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार साहले नक्कली सुन धितो राखेर नेपाल बैंक लिमिटेडबाट ४ करोड १४ लाख ८४ हजार रुपैयाँ ऋण लिएका थिए।

इन्टरपोलबाट रेड नोटिस भएका लागूऔषध कारोबारी राई कुवेतबाट पक्राउ, नेपाल ल्याइयो बिहीबार, चैत १, २०८० लागूऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एकजना फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन्।पक्राउ पर्नेमा इलाम नगरपालिका– १२ घर भएका २९ वर्षीय रोशन राई छन्। उनका अनुसार राईलाई एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ गरी सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल ल्याइएको हो।

चङ्खेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, चैत १, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।चङ्खेली–३ ब्याफु खानेपानी मर्मत योजनाका सन्दर्भमा भ्रष्टाचार गरेको अभियोगमा उनीहरूमाथि आयोगले आज मुद्दा दायर गरेको हो। आयोगले तत्कालीन अध्यक्ष बुढाविरुद्ध पाँच लाख १५ हजार रुपैयाँ बराबरको बिगो दाबी गरेको छ। यस्तै प्रमुख प्रशासकीय...