
सोमबार तरकारी र फलफूलको मूल्य कति ? सोमबार, चैत २७, २०७९ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार सोमबार रातो आलु २७ रुपैयाँ प्रतिकेजी छ भने नेपाली गोलभेंडा ठूलो ५० रुपैयाँ प्रतिकेजी रहेको छ ।

२२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक सोमबार, चैत २७, २०७९ उक्त ट्रेजरी बिल मंगलबार जारी हुने र सोमबार दिउँसो ३ बजे बोलकबोल गरिने छ । यसैगरी, केन्द्रीय बैंकले २८ दिनको लागि ३ अर्बको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० वैशाख २८ गते परिपक्व हुनेछ ।

म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण सोमबार, चैत २७, २०७९
![सोमबारको विदेशी मुद्राको विनिमय दर [सूची]](https://mail.newsgriha.com/uploads/posts/520X390/euro-money1679016003.jpg)
सोमबारको विदेशी मुद्राको विनिमय दर [सूची] सोमबार, चैत २७, २०७९ नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

‘अर्थतन्त्र संकटग्रस्त हुनुमा २० वर्षदेखिको सत्ता साझेदारहरूको भूमिका छ’ आइतबार, चैत २६, २०७९ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्नुमा वर्तमान सरकार मात्र दोषी नभएको बताएका छन् ।

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौँ : अर्थमन्त्री डा. महत आइतबार, चैत २६, २०७९ आर्थिक मिडिया सञ्चालक संघ (इमान) सँग आइतबार अर्थमन्त्रालयमा भएको भेटमा उनले अर्थतन्त्रमा देखिएका सबैखाले समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन सरकार लागिरहेको बताए ।

नेप्सेमा २८ अंकको गिरावट आइतबार, चैत २६, २०७९
![सरकारले अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैन : अर्थसचिव राय [भिडिओ]](https://mail.newsgriha.com/uploads/posts/520X390/toyam raya1681034619.jpg)
सरकारले अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैन : अर्थसचिव राय [भिडिओ] आइतबार, चैत २६, २०७९ ‘अब सरकारले लामो समयसम्म सामाजिक सुरक्षा भत्ता भनेर कुनैपनि योगदान बिना सामाजिक सुरक्षा भत्ता जारी राख्ने अवस्थामा छैनौँ । अहिले पनि सरकारले एक सय अर्ब भन्दा बढी रकम सामाजिक सुरक्षा भत्तामा लगानी गर्दैछौँ,’ उनले थपे, ‘यसरी अबौंँ रुपैयाँ कुनै योगदान बिना सामाजिक सुरक्षा भत्ता दिन सरकारलाई गाह्रो हुन्छ ।’

हेटौँडाका उद्योगमा साढे दुई अर्ब विद्युत् वक्यौता आइतबार, चैत २६, २०७९

सामाखुसी यातायात प्रालीद्वारा थप बस सञ्चालन शनिबार, चैत २५, २०७९ सो यातायातले काठमाडौँको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, टोखा, बसुन्धरा र म्हैपीबाट यात्रुलाई सेवा दिँदै आएको प्रालीका आर्थिक व्यवस्थापक दिपेन्द्र केसीले जानकारी दिए । सो प्रालीले हाल ३०० चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको छ ।

‘क्रिप्टोकरेन्सी’को अरबौँ लगानी जोखिममा, आफै फसिने डरले उजुरी गर्दैनन् पीडित शनिबार, चैत २५, २०७९ ‘दैनिक रूपमा लगानीको तेब्बर रिटर्न पाउने लोभमा घरजग्गासमेत विक्रीवितरण गरेर सर्वसाधारणहरूले लगानी गरेका छन् । तर, नेपालको कानुनले क्रिप्टोमा गरिएको लगानीलाई अवैधानिक करार गरेको कारण लगानी डुब्दा पनि कानुनी उल्झनमा पर्ने भएपछि उजुरी गर्दैनन्,’ साइबर ब्यूरोका वरिष्ठ प्रहरी उपरिक्षक नवीन अर्याल भन्छन्, ‘यस्तो खालको उजुरी निकै कम मात्र ब्यूरोमा आउँछन्...

निजी क्षेत्रलाई अर्थ मन्त्रीले भने– बजेट निर्माणमा जुटेको छु, बुँदागत सुझाव दिनुस् शुक्रबार, चैत २४, २०७९ अर्थमन्त्री डा.प्रकाशशरण महतले वर्तमान अर्थतन्त्रलाई थप गतिशील बनाउन आफू प्रतिबद्ध रहेको बताउँदै वित्तीय नीति र मौद्रिक नीतिबीच तालमेल कायम गरेर अघिबढ्ने योजनामा रहेको बताएका छन् ।









