News Griha :: न्यूजगृह
उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्विरोध
उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्विरोध नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले समर्थन गरेपछि अन्जन निर्विरोध निर्वाचित भएका हुन् ।
शेयर बजार २९ अङ्कले घट्यो
शेयर बजार २९ अङ्कले घट्यो यसअघि बुधबारको कारोबारमा भने नेप्से परिसूचक ९२ अङ्कले उकालो लागि १९६३ विन्दुमा अडिएको थियो । सोही दिन एक अर्ब ९७ करोड ५२ लाख रुपैयाँ भन्दाबढी कारोबार भएको थियो । 
काेराेना महामारीपछि समूहमा आएका १८१ चिनियाँ पर्यटकलाई पञ्जेबाजासहित मन्त्रीले गरे स्वागत
काेराेना महामारीपछि समूहमा आएका १८१ चिनियाँ पर्यटकलाई पञ्जेबाजासहित मन्त्रीले गरे स्वागत कोरोना महामारीपश्चात् चीन सरकारले मार्च १० बाट नेपाललाई गन्तव्यका सूचीमा राखेको थियो । नेपाल गन्तव्य मुलुकमा परेपश्चात् चार्टर उडानमार्फत १८१ चिनियाँ पर्यटकको पहिलो समूह नेपाल आएको हो ।
आवश्यक मतभार नपुगेपछि वरिष्ठ उपाध्यक्षका लागि पुनः मतदान हुँदै
आवश्यक मतभार नपुगेपछि वरिष्ठ उपाध्यक्षका लागि पुनः मतदान हुँदै बुधबार भएको चुनावको मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षका प्रत्यासीमध्ये अन्जन श्रेष्ठले ३८ प्रतिशत, उमेशलाल श्रेष्ठले ३१.५१ प्रतिशत र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत प्राप्त गरेको निर्वाचन कमिटीले जानकारी दिएको छ । नेपाल उद्योग वाणिज्य संघको विधानअनुसार निर्वाचित हुन वरिष्ठ उपाध्यक्ष उम्मेदवारले कुल मतमध्ये न्यूनतम ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ ।
सुनचाँदीको मूल्य स्थिर
सुनचाँदीको मूल्य स्थिर यसअघि सुन तोलाको एक हजार रुपैयाँले बढेको सुनको कारोबार स्थिर रहेको छ । 
घरभाडा घटाउन उद्योगी व्यवसायीकाे अपिल
घरभाडा घटाउन उद्योगी व्यवसायीकाे अपिल कोभिड–१९ पछिको घट्दो व्यापार, बैंकको चर्को ब्याजदर, महंगो घरभाडालगायत कारण व्यापार व्यवसायमा देखिएको मन्दीले व्यवसायी विस्थापित हुने अवस्था आएको रुपन्देहीका उद्योगी व्यावसायिक संघसंस्थाले ठहर गरेका छन् ।
राष्ट्र बैंक भन्छ– विप्रेषण आप्रवाह बढ्यो
राष्ट्र बैंक भन्छ– विप्रेषण आप्रवाह बढ्यो नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को फागुनसम्ममा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको जानाएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३० प्रतिशतले वृद्धि भएर ७९४ अर्ब ३२ करोड पुगेको छ ।
उद्योग वाणिज्य महासंघको मतपरिणाम सार्वजनिक हुँदै
उद्योग वाणिज्य महासंघको मतपरिणाम सार्वजनिक हुँदै नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभापछि बुधबार सम्पन्न निर्वाचनको मतपरिणाम बिहीबार सार्वजनिक हुनेछ । एक जना वरिष्ठ उपाध्यक्षसहित कुल ६४ पदका लागि भएको सो निर्वाचनमा देशभरका व्यवसायी सहभागी भएका थिए ।
Weather Update