‘सदनको प्रश्न आउट कल्ले गर्दियो ?’बिहीबार, जेठ ४, २०८०

चित्रबहादुर केसीको प्रश्न : प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारत नै किन ? बिहीबार, जेठ ४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भएपछि भारत नै पहिला जानुपर्ने त्यस्तो कुनै बाध्यता नरहेको प्रष्ट पारेका छन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे प्रधानमन्त्री मौन बिहीबार, जेठ ४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गरेपछि मात्रै प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदनबारे जानकारी दिनसक्ने बताएका छन् ।

रेशम चौधरीको फैसला छिट्टै टुङ्गोमा पुग्ने प्रधानमन्त्रीको विश्वास बिहीबार, जेठ ४, २०८० ‘रेशम चौधरीको विषयमा यसअघि पनि अध्यादेश ल्याएर छुटाउने प्रयास गरेको हो,’ प्रधानमन्त्री प्रचण्डले संसद्मा भने, ‘अदालतबाट जे फैसला भए पनि छिटो फैसला होस् भन्नका निम्ति सबैतिर कुनै न कुनै रूपमा आवाज उठाएकै हो । अहिले टुङ्गिएको छ । अब यो विषयलाई कसरी समाधान गर्नमा निकै गम्भीर छौँ । मलाई विश्वास...

सरकारले विदेशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई संरक्षण गरी आर्थिक भार कम गर्छ : प्रधानमन्त्री बिहीबार, जेठ ४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई संरक्षण गरी आर्थिक भार कम गर्ने सरकारको नीति रहेको बताएका छन् ।

'दरबार हत्याकाण्डको नयाँ सिराबाट अनुसन्धान थाल्नुपर्छ' बिहीबार, जेठ ४, २०८० प्रतिनीधि सभामा सांसदहरूको सवालको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भने, ‘चाहे त्यो गौरको केस होस् या दरबार हत्याकाण्डको । अहिले जेजसरी बिर्साउने कोसिस भएको छ, त्यसलाई गम्भीर रूपमा लिएको छु ।’

सर्वोच्चको फैसलाका कारण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सकिएन : प्रधानमन्त्री प्रचण्ड बिहीबार, जेठ ४, २०८० बिहीबार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य शिशिर खनालको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सर्वोच्च अदालतले हाल सो प्रतिवेदन प्रकाशित नगर्नु भन्ने फैसला गरेका कारण प्रतिवेदन सार्वजनिक गर्न नसकिएको बताएका हुन् ।

‘एक महिनाभित्र नागरिकता विधेयकको टुङ्गो लगाउँछौँ’ बिहीबार, जेठ ४, २०८० प्रधानमन्त्री दाहालले भने, ‘एक महिनाभित्र यसको टुङ्गो लगाउछौँ । संविधानविद्हरूसँगको छलफलबाट दुइटा बाटो पहिल्याएका छौँ । संकल्प प्रस्तावमार्फत त्यो विधेयक प्रमाणित गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने या मन्त्रिपरिषद्बाट निर्णय गरेर राष्ट्रपतिलाई प्रमाणीकरण गर्न अनुरोध गर्ने हुन सक्छ ।’

दोषी ठहरिए जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड बिहीबार, जेठ ४, २०८० प्रतिनिधि सभामा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले माओवादी क्यान्टनमेन्टसम्बन्धी सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले दोषी ठहरिए जेल जान तयार रहेको बताएका हुन् ।

शिक्षा नीतिमा गुणात्मक सुधार गर्ने सरकारको धारणा छ : प्रधानमन्त्री दाहाल बिहीबार, जेठ ४, २०८० प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रतिनिधि सभा सदस्य ईश्वरी देवी न्यौपानेको प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री दाहालले सरकारी तथा सार्वजनिक शिक्षालाई सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको बताए । उनले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

सत्य निरूपणसम्बन्धी विधेयक चाँडै टुङ्गोमा पुर्याउन सबै पक्ष लचक हुनुपर्छ : मन्त्री गुरुङ बिहीबार, जेठ ४, २०८० कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी संशोधन विधेयकको मस्यौदालाई पीडित, मानवअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि र द्वन्द्वको पक्षबाट मात्रै हेर्नु नहुने बताएका छन् ।

कानुन, न्याय तथा मानवअधिकार समितिद्वारा आन्तरिक कार्यविधि पारित बिहीबार, जेठ ४, २०८० समितिले पारित गरेको आन्तरिक कार्यविधिमा समितिको बैठकमा बिना सूचना निरन्तर ५ वटा बैठकमा सांसदहरू अनुपस्थित रहे समिति सदस्यबाट निष्कासनमा पर्नसक्ने व्यवस्था गरेको छ । कार्यविधिमा ५ वटा बैठकसम्म निरन्तर उपस्थित हुन नसक्ने भए समिति सभापतिलाई लिखित जानकारी गराउनुपर्ने व्यवस्था छ ।

आफ्नै सहयोगीलाई जेल हाल्न आँट गर्नुपर्छ : मन्त्री किराती बिहीबार, जेठ ४, २०८० उनले भने ‘जो भ्रष्टाचारमाथि उदार हुन्छ त्यो देश कहिले पनि सफल हुँदैन । आफ्नै सहयोगीलाई जेलमा आराम गराएर आफूले राज्यसत्ता हाक्न आँट गर्नुपर्छ । भ्रष्टाचार हाम्रो शत्रु हो । म तपाईंहरूलाई आग्रह गर्छु, भ्रष्टाचार अन्त्यको निम्ति यो सरकारले चौतर्फी अभियान सञ्चालन गर्नेछ ।’









